• आश्विन १४ २०८१, सोमबार

मगर समुदायले टुडिखेलमा माघी पर्व मनाउँदै

माघ १ २०७९, आईतवार

काठमाडौं । मगरहरुको मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव–२०७९ काठमाडौंमा मनाइँदै छ । मगर समुदायका मौलिक साँस्कृतिक सम्पदा प्रदर्शन गर्न र माघीको अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको कार्यक्रम भव्यरुपमा मनाइएको हो ।

नेपाल मगर संघ केन्द्रिय समितिको आयोजना र उसका सम्पूर्ण भातृसंगठनहरु तथा त्यसमा आवद्ध संस्थाहरुको सहआयोजनामा काठमाडौंको टुडिखेलमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने भनिए पनि पोखरामा भएको विमान दुर्घटनाका कारण परिस्थति बदलिएपछि उनी आउन नसकेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर, पूर्वअध्यक्ष नवीन रोकाममगर, पूर्वसांसद शुरेस आलेमगर लगायतका उपस्थित छन् भने प्रमुख अतिथि राजेन्द्र राई रहेका छन् ।