काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरि १ करोड बढी सम्पत्ति कमाएको भन्दै एकजना शाखा अधिकृतविरूद्ध मुद्दा दायर गरेको छ ।
हाल राष्ट्रिय भूमि आयोग ताहाचलमा कार्यरत अधिकृत गणेशप्रसाद पोखरेलसँग भएको १ करोड ६ लाख ३३ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा हालेको हो ।
पोखरेल यसअघि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चावहिलका निमित्त कार्यालय प्रमुख थिए ।
स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा हालेको हो ।