• फाल्गुन २७ २०८२, बुधबार

रुसले ३६ जना बेलायतीहरुलाई लगायो रुस प्रवेशमा प्रतिबन्ध, को हुन् उनीहरु ?

पुष २८ २०७९, बिहीबार

काठमाडौं । रूस र बेलायतबीचको कूटनीतिक तनावका कारण ३६ जना बेलायती नागरिकलाई रूस प्रवेशमा रोक लगाइएको रुसी विदेश मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युक्रेन युद्धमा बेलायतले अमेरिकाको पक्षधर रहेकोले यी देशहरुका बीचमा मनमुटाव देखा परेको हो । बेलायत जसरी पनि रुसलाई हराउने योजनामा रहेको छ ।

रूसले कालोसूचीमा राखेका बेलायती अधिकारीमध्ये मन्त्रिपरिषदका सदस्य, सुरक्षा निकायका प्रतिनिधि र पत्रकारसमेत रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रूसलाई बदनाम गर्न र अन्तर्राष्ट्रिय जगतमा यसलाई एक्ल्याउनका लागि व्यक्तिगत प्रतिबन्धको सक्रिय प्रयोग र सघन प्रचार अभियान सञ्चालन गरेको भन्दै मस्कोले बेलायत सरकारको आलोचना समेत गरेको छ ।

जानीजानी रचनात्मक संवादलाई अस्वीकार गर्दै लण्डनले टकरावको नीतिलाई निरन्तरता दिइरहेको र वासिङ्टनसँगको सहकार्यमा रूसको बारेमा गलत सूचना फैलाउने काम गरिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।