• मंसिर १३ २०८१, बिहीबार

भारतमा उत्पादित खोकीको दुई वटा औषधि प्रयोग नगर्न डब्लुएचओको सिफारिस

पुष २८ २०७९, बिहीबार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कम्पनी मरिन बायोटेकबाट उत्पादित दुई कफ सिरप (खोकीका औषधि)लाई प्रयोग नगर्न सिफारिस गरेको छ ।

उज्वेकिस्तानले ती कफ सिरवपको प्रयोगबाट १९ बालबालिकाको मृत्यु भएको आरोप लागेपछि विश्व स्वास्थ्य संगठनले जाँच गर्दा कम गुणस्तरको पाएपछि रोक लगाउन सिफारिस गरेको हो ।

डब्लुएचओका अनुसार एम्ब्रोनल सिरप र डीओके-१ म्याक्स सिरप रोक लगाइएको हो । यी दुवै एउटा कम्पनीका उत्पादन हुन् । डब्लुएओले बुधबार सचेत गराउँदै मरिनबाट उपादित ती औषधिको गुणस्तर जाँचमा कमसल पाइएको जनाएको हो ।