काठमाडौं । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमाथि मंगलबार पञ्जावको विधान सभा बाहिर जुत्ता प्रहार भएको छ ।
यो घटना हुदाँ राणा गाडीमै रहेका थिए । बीबीसीका अनुसार जुत्ता कुनै एक अज्ञात व्यक्तिले फ्याँकेका थिए । राणा उक्त समयमा पञ्जावको विधान सभामा जाँदै थिए ।
उनी विधान सभामा पुग्नै लाग्दा जुत्ता प्रहार भएपछि ड्राइभरले केही बेर गाडी रोकेका थिए । यसअघि राणा सनाउल्लाह र प्रधानमन्त्री शरीफका विशेष सहयोगी अताउल्लाह तरारको पञ्जाव विधान सभामा प्रवेशमा रोकिएको थियो ।