काठमाडौं । पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले विश्वकप २०३० को प्रचारप्रसारका लागि सम्झौता नगरेको अल नासर क्लबले जनाएको छ ।
अल नासरले रोनाल्डोमाथि लागेको आरोपको खण्डन गरेको छ । विश्वकप २०३० को विश्वकप आयोजनाका लागि साउदीसँगै स्पेन,युक्रेन,रोनाल्डोकै देश पोर्चुगल लगायत प्रस्पिर्धामा हुने अनुमान गरिएको छ । अल नासरले भनेको छ ‘हामीसँग सम्झौताको क्रममा रोनाल्डोले कुनै त्यस्तो प्रतिबद्धता गरेका छैनन् । यो सबै अफवाह हो रोनाल्डोको मूख्य लक्ष्य नै अल नासर हो ।
रोनाल्डोले डिसेम्बर ३० मा साउदी अरेबियन क्लब अल नासरसँग साढे दूई बर्षको लागि सम्झौता गरेका छन् । रोनालडोले कतार विश्वकप २०२२ भन्दा अघि इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड छाडेका थिए । राेनाल्डाे दुई सय मिलियन यूरोमा अल नासरमा अनुबन्धित भएको खबर बाहिरिएको भए पनि क्लबले आधिकारीक रुपमा भने सार्वजनिक गरिसकेको छैन ।