• मंसिर १५ २०८१, शनिबार

संसदमा प्रधानमन्त्रीले सबै दलको समर्थन पाउँदा शेयर बजार ओरालो लाग्यो

पुष २६ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सबै दलको समर्थन पाउँदा मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

कारोबारको सुरुबाटै तलमाथि गरेको बजार अन्ततः २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । बैकिङ समूह र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् ।

बजार घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । आजको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्रि भएको छ ।