काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेको थियो ।
वायुसेवा सञ्चालक सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि ७ हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० कायम भएको छ ।
काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा छ सय ८५ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा एक सय ८० भाडा घटेको छ ।
त्यस्तै काठमाडौँ–भद्रपुरमा ६ सय, काठमाडौँ–विराटनगरमा चार सय ८५, काठमाडौँ–जनकपुरमा दुई सय ६०, काठमाडौँ–भरतपुरमा दुई सय १५ र काठमाडौँ–पोखरामा तीन सय २० भाडा घटेको छ ।