• आश्विन १४ २०८१, सोमबार

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघको २१ औं साधारण सभा सम्पन्न

पुष २४ २०७९, आईतवार

काठमाडौं। नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघको २१ औं साधारण सभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ ।
शनिबार काठमाडौंंको बागबजारस्थिित हार्दिक होटलमा राज कार्कीको अध्यक्षतामा संघको ११औं  अधिवेशनमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको अध्यक्षमा राज कार्कीसँगै उपाध्यक्षमा उद्धब थापा मगर, सचिवमा बाशुदेव पौडेल र सहसचिवमा बिनोद छिनाल सर्वसम्मत चउन भएको छन् ।

त्यसैगरी कोषाध्यक्षमा लालु बैजु, सहकोषाध्यक्षमा रघुनाथ दास, सदस्यमा बिनु श्रेष्ठ , भिम दर्नाल, दिपक परियार, संगीता लामिछाने, मृदुला शर्मा, झलक कुमारी बगाले, देउ रुपा थापा, , सुशीला श्रेष्ठ, पारु भट्टराई, नवीन नेपाली, आयुष परियार कार्यसमितिमा चयन भएका हुन्।

 

संघको २१ औं साधारण सभाका सहभागीहरुले आफ्नै स्वदेशमा उत्पादीत कपडा तथा सिलाईलाई प्राथमिकता दिनु पर्ने र यसको व्यवस्थापन र बजारीकरण राज्यले गर्नु पर्ने माग राखेका थिए ।