• मंसिर १२ २०८१, बुधबार

रोनाल्डोलाई लागेको प्रतिबन्धका कारण आजको खेलमा डेब्यु गर्न नपाउने

पुष २१ २०७९, बिहीबार

काठमाडौं । साउदी क्लब अल नासरमा अनुबन्ध भएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा खेल्दा लागेको प्रतिबन्धका कारण नयाँ क्लबबाट डेब्युका लागि केही समय पर्खनुपर्ने भएको छ ।

रोनाल्डोले गत महिना एभर्टनको समर्थकको हातबाट मोबाइल फोन खोसेको अभियोगमा इंग्ल्यान्डको फुटबल एसोसिएनसले दुई वटा खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । गत अप्रिलमा गुडिसन पार्कमा हार बेहोरेपछि ड्रेसिङ रुम छिर्दै गर्दा ३७ वर्षीया रोनाल्डोले फोनमा ठक्कर दिएको देखिएको थियो । एफएले उनलाई अनुचित र हिंसात्मक आचरणको लागि दोषी ठहर गर्दै कारवाही गरेको थियो ।

रोनाल्डोमाथि लागेको प्रतिबन्ध घरेलु लिग खेलमा मात्र लागु हुनेछ । यसका कारण रोनाल्डोले साउदी क्लब अल नासरबाट आगामी दुइ खेल गुमाउने पक्का भएको छ।

अल नासरले आज राती ८:४५ बजे अल ताएको सामना गर्दैछ । सो खेलका लागि अल नासरले २८ हजार क्षमता भएको घरेलु मैदान एमरसुल पार्कको सबै टिकट विक्री गरिसकेको छ । तर रोनाल्डो खेलमा दर्शकदिर्घामा रहनेछन् ।

रोनाल्डोले अल शबाबविरुद्ध शनिबार हुने डर्बी खेल पनि गुमाउने छन् । उनले जनवरी २१ मा एतिफाकविरुद्ध खेल्दै लिग डेब्यु गर्नेछन् । उक्त खेल नेपाली समयअनुसार रातको ८:४५ बजे हुनेछ ।