काठमाडौं । पोर्चुगलका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोले अल-नासर फुटबल क्लबमा अनुबन्धन हुने आफ्नो फैसलाले आफूलाई गर्व महसुस भएको बताएका छन् ।
मंगलबार बिहान साउदी पुगेका उनले उक्त क्लबमा वार्षिक १७७ पाउन्ड पारिश्रमिक पाउनेगरी सम्झौता गरेका छन् । ५ वर्षका लागि अब सो क्लबबाट उनले खेल्नेछन् । ‘युरोपको काम सकियो अब म यहाँ नयाँ चुनौतीका साथ आएको छु,’ रोनाल्डोले भने ।
उनले अल-नासरले साउदीको फुटबल मात्रै होइन, देशप्रतिकै धारणा बदल्ने दाबी गरे। उनले आफूलाई अचम्मको खेलाडीका रुपमा प्रस्तुत गर्दै थपे, ‘म अचम्मको खेलाडी हुँ। यहाँ आउनु गज्जब लागिरहेको छ। मैले त्यहाँ (युरोपमा) सबै रेकर्ड तोडेको छु र यहाँ पनि केही रेकर्ड तोड्न चाहन्छु। म यहाँ जित्न, खेल्न र खेलको मजा लिन आएको हुँ।’