• मंसिर १२ २०८१, बुधबार

जाडोयाममा बच्चालाई कसरी स्याहार गर्ने ?

पुष २० २०७९, बुधबार

चिसोका कारण बालबालिकाको शरीरको तापक्रम पनि घट्दै जाने हुन्छ । चिसो बढेसँगै रुघाखोकीजस्ता सामान्यदेखि घातक रोगसमेत लाग्ने जोखिम हुन्छ ।

रुघाखोकी समयमै उपचार गरिएन भने यसले नवजात शिशुलाई थप कमजोर बनाउँछ । बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले फ्लु सर्ने जोखिम पनि ज्यादा रहन्छ । जाडोयाममा बच्चालाई कसरी स्याहार गर्ने ?  जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित  विभिन्न कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

१। बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्नु पर्छ ।
२। रुघा लागेको मान्छेसँग घुलमिल नगराउने।
३। बासी खानेकुराहरु नखुवाउने।
४। चिसो चिज सकेसम्म नखुवाउने ।
५। उमालेको पानी पिउन दिने।
६। बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउनु पर्छ ।
७। बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्नु पर्छ ।
८।कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउनु पर्छ ।
९। घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ।
१०। जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन।
११। बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
१२। सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ।
१३। तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।