अहिले क्रिष्टियानो रोनाल्डोलाई नचिन्ने कोही पनि छैन । उनी चर्चित फुटबल खेलाडी हुन् । बाल्यकालमा उनी दुखमा हुर्केका थिए । आफ्ना भाइबहिनीसँग सुख दुख साट्दै बढेका थिए ।
उनीसँग फुटबल र आवशयक सामान किन्न पैसा पनि हुँदैन थियो । उनी सोचमग्न भएर सडकमा खेलिरहन्थे । तर उनमा फुटबलर बन्ने इच्छाशक्ति भने उत्कट थियो ।
वातावरण उनको सोच अनुकूल थिएन । तर पनि उनले परिस्थितिलाई आफ्नो अनुकुल बनाउन प्रयत्न गरि नै रहे । उनलाई दुखले नछाडे पनि उनले फुटबल खेल्ने सोच पनि छाडेनन् ।
उनले सडकमा भेटिएका बोतल, प्लाष्टिकका भाँडा, र्याग र अन्य सामानको आवश्यक वस्तु बनाउने र खेल देखाउने गर्थे । गोलपोस्ट पनि बनाउँथे । मानिसले उनको खेल नहेरेर जान सक्दैनथे ।
यसले रोनाल्डोमा रोमान्चकता र उत्साह भरिदिन्थ्यो । उनी आफ्नो घरदेखि ५०० माइल टाढा रहेको फुटबल तालिम केन्द्रमा भाग लिन र अब्बल बन्न चाहन्थे ।
उनले त्यो अवसर पाए पनि । उनी अब्बल भए । उनको वैचारिक सोच र भौतिक शरीरले उनलाई निकै साथ दियो । उनी त्यहाँबाट एक नम्बरको खेलाडी बनेर निस्किए ।
अहिले उनी त लोकप्रिय खेलाडीका रूपमा परिचित छन् । फुटबल संसारले उनलाई आदर्शका रूपमा हेर्छ । अहिले उनका प्रशंसक संसारभर छन् ।