• फाल्गुन २७ २०८२, बुधबार

अर्बपति इलोन मस्कले घरभाडा तिरेनन् , घरधनीले हाले मुद्दा

पुष १७ २०७९, आईतवार

एजेन्सी । अमेरिकी अर्बपति इलोन मस्कको ट्वीटर कम्पनीविरुद्ध घरभाडा नतिरेको भन्दै मुद्दा दायर भएको छ।

अमेरिकाको सन्फ्रान्सिस्कोस्थित एक अदालतमा ट्वीटर कम्पनीविरुद्ध मुद्दा दायर भएको हो। ब्लूमवर्गका अनुसार ट्वीटरले १ लाख ३६ हजार २५० डलर भाडा तिर्न बाँकी छ। यसअघि विश्वभरका ट्वीटर कार्यालयले पनि भाडा तिर्न नसकेको समाचार आएको थियो।

ट्वीटर कार्यालय भएका भवनका घरधनी कोलम्बिया रेइटले सन्फ्रान्सिस्कोस्थित अदालतमा मुद्दा दायर गर्दै भाडा नतिरेपछि डिसेम्बर १६ मा पाँच दिनभित्र भवन खाली गर्न गरेको आग्रह पनि ट्वीटरले अस्वीकार गरेको उल्लेख गरेका छन्।