• मंसिर १२ २०८१, बुधबार

यि हुन् पेलेको सम्मानमा विश्वका चर्चित अखबार

पुष १५ २०७९, शुक्रबार

काठमाडौं । ब्राजिलियन महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।

गत वर्ष कोलोन क्यान्सरको शल्यक्रिया गराएका पेले नोभेम्बर दोस्रो साताबाट साओ पाउलोस्थित अल्बर्ट आइस्टाइन अस्पतालमा उपचाररत थिए । बिहीबार उपचारकै क्रममा उनको निधन भएको हो ।

अस्पतालले यसअघि नै पेलेको शरीरले प्रतिक्रिया जनाउन छोडेको भन्दै उनलाई दिदै आएको किमो थेरापी रोकेको थियो ।

तीन पटकका विश्वकप विजेताको निधनपछि विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली दिनेको ओइरो लागेको छ । शुक्रबार विश्वका चर्चित अखबारहरुले पेलको निधनसम्बन्धी समाचार तथा तस्बिरलाई मुख्य प्राथमिकता साथ आफ्नो पहिलो पुष्ठमा स्थान दिएका छन् । द सन, द मिरर,द गार्डियन जस्ता विश्व चर्चित अखबारको पहिलो पृष्ठमा पेलेले स्थान पाएका हुन् ।

ब्राजिलको चर्चित पत्रिकामध्य एक ओ गोबोले पेलेको खेल जिवन झल्काउने तस्बिरहरु राखेर चार अलग संस्करण प्रकाशित गरेको छ । तीमध्य प्रिन्ट संस्करणमा गोबोले लेखेको छ ‘पेले अन्नत छन्’ ।

स्पेनिस पत्रिका एल पाइसले सन् १९७० को विश्वकप जित्दाको तस्बिर राख्दै लेखेको छ ‘फुटबलका राजा पेले अलबिदा’ । फ्रान्सको एल इक्यिुपेले ‘पेले राजा हुन्’ भन्ने शीर्षमा सामाचार प्रकाशित गरेको छ । द मिररमा ‘फुटबललाई सुन्दर बनाउने पेलेको प्रशंसा पूरा विश्वले गर्नेछ’ शीर्षकमा समाचार छापिएको छ ।

स्कटल्यान्डको डेली रेकर्डले ‘एक महान खेलाडीको मृत्यु’ भन्ने शीर्षमा समाचार प्रकाशित गर्दा फ्रान्सको लिबेर्टियोनले ‘तीनपटकका विश्वकप विजेताको निधन’ भन्ने शिर्षमा एक पुष्ठ लामो तस्बिर छापेको छ ।

बेलायतको द सनले पेलेको फोटो राख्दै ‘ब्राजिलियन महान फुटबलर पेलको निधन, ग्यारी लिन्कर,किलियन एम्बाप्पे लगायतको श्रद्धाञ्जली भनेको छ । द गर्डियनले सन् १९७० को विश्वकप जित्दाको पेलेको तस्बिर छापेको छ ।