काठमाडौं । यस गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ– नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एक दिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु गरि ११० जना भन्दा बढिको उपस्थितिमा ठमेलमा रहेको होटल मस्र्याङ्दीमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एंटि मनी लण्डरिङ (गो एएमएल), सम्पती शुद्धिकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण सम्पन्न भएको छ ।
यस गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले पनि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिको बारेमा भनाइ राख्नु भएको थियो ।
हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आईरहेको छ ।