काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सुनको मुल्य वृद्दि भएको छ। मंगलबार १ लाख ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ रुपैयाँले बढेर १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ४ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८६ हजार ६ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ।