• फाल्गुन २७ २०८२, बुधबार

राष्ट्रसंघले भन्यो : तलिवानी महिलालाई गैर-सरकारी संस्था र विश्वविद्यालयमा लगाइएको प्रतिबन्ध फुकुवा गर

पुष १३ २०७९, बुधबार

तालिबानले अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न संयुक्त राष्ट्रसंघले माग गरेको छ । ‘सामाजिक र आर्थिक रूपमा आधा जनसंख्या बहिष्कृत छ भने कुनै पनि देशले विकास गर्न सक्दैन र वास्तवमा बाँच्न सक्दैन,’ मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले एक विज्ञप्तिमा भने ।

उनले अगाडि भने, ‘महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा मात्र बढाउने छैन बरु अफगानिस्तानको सीमाना बाहिर पनि खतरा निम्त्याउने डर छ ।’

उनले नीतिहरूले अफगान समाजलाई अस्थिर बनाउने खतरा रहेको बताए । गत शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो । -एजेन्सी