• फाल्गुन २७ २०८२, बुधबार

आतङ्कवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिए, १७ घाइते

पुष १२ २०७९, मंगलवार

पाकिस्तानको बलुचिस्तानमा भएको आतङ्कवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिएका छन् भने अन्य १७ जना घाइते भएका छन् ।

 लगातार भएका सातवटा बम विष्फोटमा छ जना पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य १७ जना घाइते भएका समाचारपत्र डनले जनाएको छ ।

दूर नियन्त्रित उपकरणबाट आतङ्कवादीले विष्फोट गराएका थिए । आइतबार पनि बलुचिस्तानमा भएका पाँचवटा छुट्टाछुट्टै ग्रेनेड विष्फोटमा पाँच जना सैनिक मारिएका तथा कम्तीमा १५ जना घाइते भएका थिए ।