• फाल्गुन २७ २०८२, बुधबार

रुससित आत्मसर्मपन गर्ने तयारीमा युक्रेन

पुष १२ २०७९, मंगलवार

 काठमाडौं । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशको सरकारले आगामी दुई महिना भित्रमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको मध्यस्थतामा शान्ति शिखर सम्मेलन गर्न चाहेको एसोसिएटेड प्रेसलाई बताए ।

सन् २०२३ भित्रमा युद्ध अन्त्य होस् भन्ने युक्रेनी चाहना रहेको पनि उनले बताए । संयुक्त राष्ट्रसङ्घले पनि ‘महासचिवले विगतमा धेरै पटक भनेझै सबै पक्षले मध्यस्थता गरून् भन्ने चाहेमा मात्र’ उनले मध्यस्थता गर्नसक्ने प्रतिक्रिया दिएको छ ।

टर्कीको अग्रसरतामा खाद्यान्न आपूर्ति गर्नेसम्बन्धी यसअघि सम्झौताजस्तै शान्तिवार्ताका निम्ति रुससँग छलफल गर्न अन्य राष्ट्रहरू स्वतन्त्र ढङ्गले लाग्नसक्ने विदेशमन्त्री कुलेबाले बताए ।

आफ्नो देशले मस्कोसँग प्रत्यक्ष वार्ता गर्नु अघि रसियाले युद्धअपराध न्यायाधिकरणको सामना गर्नुपर्नेमा पनि उनले जोड दिए । साथै उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गत हप्ताको अमेरिका भ्रमणको नतिजाबाट आफू पूर्ण रूपमा सन्तुष्ट भएको बताए ।