• असार ३ २०८२, मंगलवार

३१ महिनापछि चीनले खोल्यो रसुवागढी नाका

पुष १२ २०७९, मंगलवार

काठमाडौं। चीनले कोभिड —१९ महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागढी नाका खुला गरेको छ ।

३१ महिनादेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको हो ।

नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

‘कोभिड—१९ महामारी पछि पहिलो पटक नेपालबाट ५० लाख ७० हजार रुपैयाँको वस्तु निर्यात भएको छ,’ भण्डारीले भने, ‘यो ३१ महिनापछिको पहिलो स्थलगत निर्यात हो ।’

नेपालबाट बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएको भण्डारीले बताए ।