काठमाडौं । अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता लम्ब्याएका छन्। आउँदो जुनसम्म रहेको पीएसजीसँगको सम्झौता थप एक वर्ष लम्ब्याउँदै सन् २०२३ जुनसम्म मेसी पीएसजीमै रहने भएका हुन्।
३५ वर्षीय विश्वविजेता मेस्सीको पीएसजीसँगको सम्झौता आगामी जुनमा सकिन लागेपछि उनको पूर्व क्लब बार्सिलोनाले पनःभित्र्याउन प्रयास गरेको थियो । अन्नतः पीएसजीले मेसीसँगको सम्झौता लम्ब्याउन सफल भएको छ।
सम्झौता सकिन लाग्दा बार्सिलोना र अमेरिकन क्लब इन्टर मियामीले मेसीलाई भित्र्याउन प्रयास गरेका थिए । विश्वकप सकिएलगत्तै पीएसजीका अध्यक्ष नासेर अल खेलाइफीले मेसीको निरन्तरताबारे छलफल गरेका थिए । अन्तत: उनी मेसीसँगको सम्झौता लम्ब्याउन सफल भएका हुन् ।