नेपालको दुर्गम इलाका मानिएको कर्णालीमा अहिले पनि विद्युतीकरणमा बल पुग्न सकिरहेको छैन । सरकारले कहिले भारत त कहिले बाङ्लादेशसँग विद्युत बिक्रि गर्ने सम्झौता गरेको नाटक प्दर्शन गर्ने गरे पनि स्वदेश नै विद्युतीकरणविहीन अवस्थामा छ ।
अहिले कर्णाली घुम्न जाने जोकेहीले पनि त्यहाँका सडक र सञ्चार टावर देखेर अब कर्णाली विकट नभएको सजिलै भन्न सक्छन् । तर विद्युत र विद्युतीकरणको अभाव देख्दा कर्णाली अझैं पनि विकट नै रहेको छ ।
कर्णालीका मुख्य बजारमा विद्युतीयकरण गरिएको भए पनि त्यहाँका दुर्गम गाउँबस्तीमा विजुली ‘भगवान’ को आगमनजस्तो बनिरहेको छ । सम्पर्कका लागि फोन गर्न अगलो डाँडाकाँडा चढ्नु पर्छ ।
यो विद्युत अभावको कारणले सिर्जना भएको हो । चिठ्ठी, पत्र र रैवारले सुचना अहिले पनि जारी छन् । घाम हुन्जेल सोलार टेलिफोन बज्छन् । त्यसपछि ‘सूर्यास्त, कर्णाली व्यस्त !’, घाम गएसँगै टेलिफोनको घण्टी निदाउँछ ।
मोवाइलको नेटवर्क रात्रीसँग सती जान्छ । त्यसपछि रैवारे सुचनाबाट खबर आदान प्रदान चल्छ । १८ औं सताब्दीमा टेलिफोनको आविष्कार भएपनि २१औं शताब्दीसम्म कर्णालीका विकट बस्तिहरु यसबाट अछुतो नै रहे ।
यसका लागि नेपाल सरकार सबैभन्दा बढी धन्यवादको पात्र बनिरहेको छ । बस्ती टाढाटाढा हुने भएकाले टेलिकम कम्पनी विद्युतीकरणका लागि तयार छैनन् । सरकार ‘सरकारी ताल’मा हिँडिरहेको छ– ‘आ दिन जा रात !’
नेपाल टेलिकम, दुर सञ्चार कार्यालय र सरकारी प्रशासन कार्यालयमा फोनको सुविधा छ । लेखनीमा गाउँपालिकाका सबै वडामा टेलिफोन सुविधा छ । व्यवहारमा भने छैन ।
राजधानी सहर ‘पेपरलेस अफिस’सम्म पुग्न लाग्दा कर्णालीमा विद्युतीकरण हुन नसक्नुका कारण टेलिफोन र इन्टरनेटको समस्या ज्युँकात्युँ छ । विशेष प्याकेजसहित शिघ्र विदुतीकरणमा जोड देऊ !