• मंसिर १२ २०८१, बुधबार

अर्जेन्टिनी खेलाडि डी मेरियाले भने- म विश्वविजेताको रुपमा अझै खेल्न चाहन्छु

पुष ९ २०७९, शनिबार

काठमाडौं । कतारमा विश्वकप फुटबलको उपाधि जितेपछि हर्सोल्लास मनाइरहेका अर्जेन्टिनी फुटबलर एंगेल डी मारियाले पनि आफू अझै विश्वविजेताको रुपमा खेल जारी राख्ने बताएका छन् । यसअघि मेसीले राष्ट्रिय टोलीबाट सन्यास नलिने बताएका थिए ।

मेसीले विश्वविजेताको रूपमा खेलेको अनुभव हासिल गर्न अझै अर्जेन्टिनाको जर्सीमा खेल्न चाहको बताएका थिए । मेसीकै भनाईमा लय मिलाउँदै डि मेरियाले राष्ट्रिय टिमबाट सन्यास नलिने घोषणा गरेका हुन् ।