• चैत्र १९ २०८१, बुधबार

१९ किलो सुनसहित सुडानी नागरिक काठमाडौंबाट पक्राउ

पुष ८ २०७९, शुक्रबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत् नेपाल आएका हुन् ।