काठमाडौं । साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।