• फाल्गुन २७ २०८२, बुधबार

ट्विटरको कार्यकारी प्रमुखको पदबाट इलोन मस्कको राजीनामा दिने घोषणा

पुष ६ २०७९, बुधबार

एजेन्सी ।  ट्विटरको कार्यकारी प्रमुखको पदबाट इलोन मस्कले राजीनामा दिने घोषणा गरेका छन्।

उनका अनुसार उक्त पदका लागि ” योग्य मूर्ख” व्यक्ति फेला परेपछि आफूले पदत्याग गर्ने भएका हुन् ।

यी अर्बपतिले यसअघि ट्विटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने सङ्केत गरेका थिए।

त्यसमा सहभागी ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए।