कालिकोट । कालिकोट जिल्लाको महावै गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट जडान हुने भएको छ । इन्टरनेट निशुल्क जडान हुनेछ ।
मंगरबार नेपाल टेलिकम काठमाडौं र गाउँपालिकाबीच सम्झौता भएपछि विद्यालयमा इन्टरनेट जडाने हुने भएको हो । प्रविधिमूलक गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले पालिकाका सबै विद्यालयहरुमा अबको केही समयपछि इन्टरनेट जडान कार्य सुरु हुने अध्यक्ष खेमबहादुर सिंहले बताए ।
नेपाल टेलिकमले वार्षिक रुपमा विद्यालयको इन्टरनेटका लागि आठ लाख रकम गाउँपालिकालाई नियमित पाउने भएको छ । एक विद्यालय बराबर २० एमबिपिएसको सुविधा सम्पन्न ईन्टरनेट सेवा उपलब्धताको लागि समझदारी भएको हो । अब केहि दिनमा भित्रमा नै यो सेवा सुचारु हुने बताइएको छ ।