• मंसिर १२ २०८१, बुधबार

रोनाल्डो र अर्जेन्टिनाका स्ट्राइकर मार्टिनेज विश्वकपका ‘फ्लप’ खेलाडी सूचीमा

पुष ५ २०७९, मंगलवार

काठमाडौं । पोर्चुगल कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दोहामा सम्पन्न कतार फिफा विश्वकप २०२२ ‘फ्लप’ सुचिमा परेका छन् ।

लन्डनबाट प्रकाशित डेली मेलले निकालेको खराब सुचिमा रोनाल्डोसहित विश्वविजेता अर्जेन्टिनाका स्ट्राइकर लौटारो मार्टिनेज रहेका छन् । दुबै खेलाडीको लागि कतार विश्वकप संझनयोग्य नरहेको उल्लेख गरेको छ ।

रोनाल्डोले यो पटकको विश्वकपमा पोर्चुगलका लागि एक गोल मात्रै गरे । प्रशिक्षक फर्नान्डो सान्तोषसँग सम्बन्ध सुमधुर नभएपछि ३७ वर्षीय रोनाल्डो अन्तिम दुई खेलमा ‘प्लेइङ सेट’ बाहिर थिए । स्विट्जरल्याण्डसँगको अन्तिम १६ र मोरक्कोसँगको क्वार्टरफाइनलमा उनी बेन्चमै बस्न बाध्य भए । पोर्चुगल क्वाटरफाइनलमा मोरेक्कोसँग १-० ले पराजित भएको थियो ।

यसैगरी मार्टिनेज विश्वकप खराव प्रदर्शन गर्ने सुचिमा छन् । समूह चरणको सुरुवाती दुई खेल (साउदी अरेबिया र मेक्सिको) विरुद्ध प्लेइङ सेटमा स्थान बनाएपछि बेन्चमा सिमित थिए ।

प्रशिक्षक लियोनल स्कालोनीले मार्टिनेजको स्थानमा जुलियन अल्भारेजलाई मौका दिएका हुन् । अल्भारेजले चार गोल पूरा गरे । इन्टर मिलानबाट व्यवसायिक फुटबल खेलिरहेका मार्टिनेजले अर्जेन्टिना विश्वच्याम्पयन हुँदा एक सय ४८ मिनेट मैदान बिताउँदा गोलविहिन रहे ।

यसैगरी चेल्सी गोलरक्षक तथा सेनेगलका खेलाडी इडोआर्ड मेन्डी, अमेरिकाका राइट ब्याक सर्जियो डेस्ट, पोल्यान्डका कामिल ग्लिक ‘फ्लप’ सुचिमा समावेश छन् ।