काठमाडौं । फिफाले नोभेम्बर महिनाको विश्व वरीयता आगामी बिहीबार सार्वजनिक गर्दैछ। बिहीबार सार्वजनिक हुने वरीयतामा विश्वकप फुटबलमा क्वाटरफाइनलबाट बाहिरिएको ब्राजिल पहिलो नम्बरमा छ ।
त्यस्तै विश्वकप विजेता अर्जेन्टिनालाई फिफाले दोस्रो स्थानमा राखेको छ । यसअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिना एक स्थानमाथि उक्लिँदै दोस्रोमा रहने इएसपिएनले जनाएको छ ।
क्वाटरफाइनलबाटै बाहिरिए पनि पाँच पटकको विश्वविजेता शीर्ष स्थानमा रहने इएसपिएनले जनाएको छ। यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम चौथो विश्वकपको उपविजेता फ्रान्स तेस्रो स्थानमा रहेन बताइएको छ।
शीर्ष २० देशहरु
१. ब्राजिल
२. अर्जेन्टिना
३. फ्रान्स
४. बेल्जियम
५.इंग्ल्याण्ड
६. नेदरल्याण्ड्स
७. क्रोएसिया
८. इटाली
९. पोर्चुगल
१०. स्पेन
११. मोरक्को
१२. स्वीटजरल्याण्ड
१३. अमेरिका
१४. जर्मनी
१५. मेक्सिको
१६. उरुग्वे
१७. कोलम्बिया
१८. डेनमार्क
१९. सेनेगल
२० जापान