काठमाडौं । फ्रान्सेली फुटबल टिमका फरवार्ड करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
३५ वर्षीय बेन्जिमाले सामाजिक सञ्जालमार्फत् आफूले राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएको बताएका हुन् । विश्वकप खेल्ने २६ सदस्यीय सूचीमा परेर पनि घाइते भएका कारण मैदान उत्रन नसकेका बेन्जिमा स्पेनिस ला–लिगा क्लबमा आबद्ध छन् ।
बेन्जिमाको अनुपस्थितीमै फाइनलसम्म पुगेको फ्रान्स टाई ब्रेकरमा अर्जेन्टिनासँग ४–२ पराजित हुँदै उपविजेता बनेको थियो ।