काठमाडौं । विश्वकप २०२२ को फाइनल खेलअघि फ्रान्सको टोलीका कयौँ खेलाडी बिरामी परेका थिए । प्रशिक्षक डिडिएर डेस्च्याम्पका अनुसार खेलाडीहरूलाई फ्लुजस्तै लक्षण देखिएको थियो ।
सेमिफाइनलमा मोरक्कोलाई २-० ले पराजित गरेको फ्रान्सको टोलीमा दुईजना खेलाडी परिवर्तन गरिएको छ । लिभरपुलका सेन्टर हाफ इब्राहिम कोनाटेको स्थानमा डायोट उपामेकानो मैदानमा उत्रनेछन् भने एड्रियन राबियोको युसेफ फोफानाको स्थानमा सुरुवात गर्नेछन् ।
म्यानचेस्टर युनाइटेडका डिफेन्डर सुरुवात गर्न फिट रहेका छन् । फ्रान्सको सुरुवाती ११ मा ह्युगो लोरिस (कप्तान), जुलेस कुउन्डे, राफयल भरान, डायोट उपामेकानो, थियागो हर्नान्डेज, एड्रियन राबियो, औरेलियन टुअमानी, ओसमान डेम्बेले, एन्टोनी ग्रिजमान, किलियान एम्बाप्पे र ओलिभिए जिरु रहेका छन् ।
उता विश्वकप २०२२ को फाइनल खेलका लागि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउने टोलीमा मात्र एक परिवर्तन गरेको छ । चोटबाट सङ्घर्षरत एङ्खेल डि मायिरा लियान्ड्रो पाराडेसको स्थानमा मैदानमा देखिनेछन् ।
लियोनेल मेस्सी कप्तान रहेको टोलीका सुरुवाती एघारमा डर्मियन मार्टिनेज, नाहुएल मोलिना, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो, निकोलस टाग्लियाफिको, रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, डि मारिया र जुलियन अल्भारेज छन् ।