• मंसिर १२ २०८१, बुधबार

फ्रान्सका राष्ट्रपति इमानुएल विश्वकप फुटबल हेर्न कतार जाने

पुष ३ २०७९, आईतवार

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेर्न कतार पुग्ने भएका छन् । आफ्ना खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यले इमानुएल कतार पुग्ने भएका हुन् ।

आइतबार नेपाली समय अनुसार राती ८ बजेर ४५ मिनेटबाट विश्वकपको पहिलो स्थानका लागि फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।
अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु। म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु। हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरु स्ट्यान्डमा हुनेछन् ।’