• फाल्गुन २४ २०८२, आईतवार

बाह्रबिसे नगरपालिकामा सुरु भयो निःशुल्क शिक्षा र दिवाखाजा कार्यक्रम

पुष १ २०७९, शुक्रबार

 

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवा खाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ । साथै १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको हो ।

नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतका अनुसार नगरभित्र रहेका ५४ विद्यालयमा दिवा खाजा र निःशुल्क शिक्षाको सुरूआत गरिएको बताए । “नगरभित्र शैक्षिक सत्रमा भर्ना भएका छ हजार सात सय विद्यार्थीले कुनै किसिमको शुल्क तिर्नुनपर्ने बस्नेतले बताए ।

माध्यमिक विद्यालयलाई आवश्यक सबै शैक्षिक सामग्री नगरले उपलब्ध गराएपछि विद्यार्थीसँग शुल्क लिन नपाउने उनले जानकारी दिए । दिवा खाजा, परीक्षा शुल्क र विज्ञान सङ्कायको प्रयोगशालालाई लाग्ने अतिरिक्त खर्च नगरपालिकाले बेहोर्ने भएको छ । नगरपालिकाले व्यहोर्ने खर्चका लागि रु दुई करोड ६० लाख रकम छुट्याइएको बताइएको छ । शिक्षा शाखा प्रमुख विनोद कार्कीले राज्यले संविधानमा उल्लेख गरेको शिक्षासम्बन्धी प्रावधान नगरपालिकाले यो वर्षदेखि कार्यान्वयन गरेको बताए ।