काठमाडौं । नेपालमा तीन वर्षपछि दैनिक कोभिड-१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् ।
‘कोभिड-१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा संक्रमित संख्या शून्य भएको हो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । आज एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।