• मंसिर १२ २०८१, बुधबार

रिलिज हुनुअघि नै शाहरुख खानको फिल्म ‘पठान’को किन भयो विवाद ?

मंसिर २९ २०७९, बिहीबार

काठमाडौं । शाहरुख खानलाई आफ्नो फिल्म रिलिज गर्नुअघि नै तनाब झेल्नुपर्ने भएको छ । लामो समयपछि दखिन लागेको खानलाई फिल्मको गीतमा अभिनेत्रीले लगाएको बिकिनीले विवादमा तानेको हो ।

उनको फिल्म रिलिज अघि नै विवादमा मात्रै तानिएन फिल्म देखाउने हलमा समेत आगो लगाउने धम्की दिन थालिएको छ । अयोध्याका महन्त राजू दासले शाहरुख खानको फिल्म ‘पठान’लाई बहिस्कार गर्न अपिल गरेका छन् ।

यति मात्र होइन, उनले जुन थिएटरमा फिल्म देखाइन्छ त्यसलाई आगो लगाउन अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘म दर्शकहरुमा अपिल गर्दछु । जुन थिएटरमा पठान फिल्म देखाइन्छ। त्यहाँ आगो लगाइदिनु ।’

राजू दासले बलिउड र शाहरुख खानमाथि लगातार सनतान धर्मलाई मजाक गरेको आरोप लगाएका छन् । ‘बलिउड र हलिउडले धर्ममाथि लगातार प्रहार गर्दै आएको छ, उनले भनेका छन्, ‘धर्मलाई मज्जाकको विषय बनाउने यस्तो फिल्म हामी चल्न दिदैनौँ ।’ कुन तरिकाले हिन्दू देवीदेवताको मजाक बनाउन सकिन्छ? यतैतिर मात्र केन्द्रित छ, उनले भनेका छन् ‘पठान फिल्ममा पनि दीपिका पादुकोणद्वारा बिकिनी लगाएर साधु सन्त तथा राष्ट्रको रंग भगवालाई ठेस पुर्‍याइएको छ।’

शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म पठान २५ जनवरीमा रिलिज हुँदैछ। तर रिलिजअघि नै यो फिल्म विवादमा परेको छ। फिल्मको एक गीत ‘बेशर्म रंग’ मा दीपिकाले केसरी रंगको बिकिनी लगाएकी छन् ।