काठमाडौं । साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ। बिहीबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार भने सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार र तेजाबी सुन प्रतितोला १ लाख ५०० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ। बुधबार भने तोलामा २० रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।