• फाल्गुन २७ २०८२, बुधबार

विश्वको धनि व्यक्तिबाट तल ओर्लिए एलन मस्क, कस्ले उछिने उनलाई ?

मंसिर २८ २०७९, बुधबार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा यसवर्ष एलन मस्कको विद्युतीय कार कम्पनी ‘टेस्ला’को सेयर मूल्यमा भारी गिरावट आएपछि उनको ‘विश्वको सर्वाधिक धनी व्यक्ति’को ताज खोसिएको छ ।

फोब्स र ब्लुमबर्ग दुवै मिडियाका अनुसार विलासिताका वस्तुहरूको व्यापार गर्ने समूह एलभिएमएचका प्रमुख कार्यकारिणी अधिकारी बर्नार्ड आर्नल्टले मस्कलाई उछिनेका छन् ।

मस्क टेस्ला कम्पनीको सबैभन्दा ठूला सेयर होल्डर मानिन्छन् । उनको टेस्लामा करिब १४ प्रतिशत लगानी रहेको बताइन्छ । उनले गत अक्टोबरमा मात्रै ४४ अर्ब अमेरिकी डलरमा ट्विटरको स्वामित्व खरिद गरेका थिए ।

फोब्सका अनुसार अहिले मस्को कुल सम्पत्ति करिब १७२ अर्ब डलर रहेको छ । यतिबेला बर्नार्ड आर्नल्टको सम्पत्ति बढेर १ सय ८८ अर्ब डलर भएको छ ।