• मंसिर १२ २०८१, बुधबार

विश्वकप फुटबल : तीन गोल गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश

मंसिर २८ २०७९, बुधबार

काठमाडौं । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रंशालामा भएको खेलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३–० गोलअन्तरको जीत सुनिश्चित ग¥यो ।

जीतसगै अर्जेन्टिनाले सन् २०१८ मा रुसमा भएको विश्वकपको समूह चरणको खेल क्रोएसियासँग ३–० को हारको बदला पनि लिएको छ ।