• मंसिर १२ २०८१, बुधबार

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश

मंसिर २८ २०७९, बुधबार

काठमाडौं ।  कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

गएराति कतारको दोहास्थित लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाले ३४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले पहिलो गोल गरेका थिए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्को अग्रता दिलाए ।