• फाल्गुन २७ २०८२, बुधबार

चीन र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच वार्ता

मंसिर २७ २०७९, मंगलवार

एजेन्सी । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत् वार्ता भएको छ। उनीहरुका बीचमा सोमबार वार्ता भएको हो।

चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क जिनका बीचमा सोमबार इन्डोनेसियाको बालीमा यस्तो वार्ता भएको हो।

सो वार्ताका क्रममा उनीहरुरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। त्यस वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ल चीन गणतन्त्र कोरियासँग सम्बन्ध विस्तारका लागि इच्छुक रहेको र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लैजान तयार रहेको बताएका थिए।

हाल दुई देशबीचको सम्बन्ध राम्रो रहेको भन्दै चिनियाँ विदेश मन्त्री वाङ् आर्थिक र व्यापारिक क्षेत्रमा साझा हित र फाइदाका लागि चीनले गणतन्त्र कोरियासँग अघि बढ्न चोहेको बताएका थिए।

उता गणतन्त्र कोरियाका विदेशमन्त्री पार्कले पनि चीनसँग लगानी प्रवद्र्धनका साथै कूटनीतिक क्षेत्रका साझा हितका विषयमा आफ्नो देश मिलेर अघि बढेन चाहेको बताएका थिए।