• मंसिर १२ २०८१, बुधबार

कतार विश्वकपः गोल्डेन बुटमा कसले मार्ला बाजी ?

मंसिर २७ २०७९, मंगलवार

काठमाडौं । कतार विश्वकप २०२२ अन्त्यतिर गइरहेका बेला खेल झनै रोमाञ्चक बनेको छ । विश्वकपको सेमिफाइनल खलको समिकरण पूरा हुदाँ सम्म अहिलेसम्म कसले विश्वकप जित्ला यसै भन्न सकिने अबस्था छैन ।

सोही प्रतियोगितामा खेलाडीलाई दिइने ‘गोल्डेन बुट’ को बाजी कसले मार्छन् भन्ने विभिन्न अड्कलबाजी पनि भइरहेका छन् । हालसम्मको अबस्था हेर्दा सर्वाधिक गोलकर्ताको सूचीमा तीन खेलाडी देखिएका छन् । विश्वकपमा सबैभन्दा धेरै गोल गर्नेले ‘गोल्डेन बुट’ पाउँछन् ।

जसमा ‘गोल्डेन बुट’ दौडमा किलियन एम्बाप्पे शीर्ष स्थानमा रहँदा एम्बाप्पेलाई लियोनल मेसी र ओलिभर जिरौउडले पछ्याइ रहेका छन् ।

किलियन एमबाप्पे–पाँच गोल

इङ्ल्यान्डविरुद्ध गोल गर्न असफल भए पनि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे पाँच गोलसहित अग्रस्थानमा छन । पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेल्ने एमबाप्पे जारी विश्वकपका उत्कुष्ट लयमा देखिएका छन ।

समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अष्ट्रेलियाविरुद्ध एक गोल गरेका एम्बाप्पेले अन्तिम १६ मा पोल्यान्डविरुद्ध दुई गोल गरेका थिए ।

एमबाप्पेले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन् ।

लियोनेल मेसी–चार गोल
लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिना १९८६ पछि पहिलोपटक विश्वकप जित्न अभियानमा छ । आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेलिरहेका मेसीले उत्कृष्ट लयलाई कामय राख्दै चार गोल गरेका छन् ।

पिएसजीका स्ट्राइकर मेसीले समूह चरणमा साउदी अरेबिया र मेक्सिको, अन्तिम १६ मा अष्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध समान एक गोल गरेका थिए । मेसीले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन् ।

ओलिभर जिरौउड–चार गोल

फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभर जिरौउडले जारी विश्वपकपमा चार गोल गरेका छन् ।

एसी मिलानको स्ट्राइक जिरौउडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई तथा अन्तिम १६ मा पोल्यान्ड तथा क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध समान एक गोल गरेका थिए ।

करिम बेन्जेमा घाइते भएपछि टोलीमा अवसर पाएका जिरौउडले जारी विश्वपकमा आफुलाई प्रमाणित गर्न सफल भए ।