एजेन्सी । ब्राजिलका स्टार खेलाडी नेइमारले कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिनु पर्दाको पीडाको अनुभुति आफूले अहिले पनि गरिरहेको बताएका छन् ।
गत शुक्रबार कोएसियासँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएसँगै उपाधि दाबेदार ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको थियो । नेइमारले क्रोएसियासँगको पराजय आफ्नो खेल जीवनकै दुखद क्षण भएको बताएका छन् ।
‘म त्यो हारबाट अझै माथि उठ्न सकेको छैन’, नेइमारले आइतबार ब्राजिल फर्किएपछि भने, ‘हामीले समर्थकको अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनौ । यद्धपी यो मेरो खेलजीवनको अन्तिम खेल होइन । हामी यस हारबाट पाठ सिक्दै अघि बढ्नु सबैका लागि राम्रो हुनेछ । मैले हिम्मत हारेको छैन । ’
त्यस्तै नेइमारले टिटे आफ्ना लागि अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक भएको र उनीबाट धेरै कुरा सिकेको पनि बताए ।