• मंसिर १५ २०८१, शनिबार

बैंक अफ काठमाण्डु र ग्लोबल आइएमई बैंक गाभिने प्रस्ताव पारित

मंसिर २५ २०७९, आईतवार

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको आफ्नो २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुंडिखेलमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । साथै सभाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।

सभाले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, विशेष प्रस्तावहरु अन्र्तगत बैंक अफ काठमाण्डु लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस गरेको शेयर स्वाप अनुपात १.१ मा रहि मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका निणर्यहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु उक्त सभाले पारित गरेको छ ।

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत् आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।