• मंसिर १२ २०८१, बुधबार

‘रोनाल्डोलाई बेञ्चमा राख्ने मेरो निर्णय ठिक थियो’- पोर्चुगल प्रशिक्षक सान्तोस

मंसिर २५ २०७९, आईतवार

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफूले रोनाल्डोको विषयमा गलत निर्णय नगरेको बताएका छन् ।

पोर्चुगलको हारका कारण आफू निकै दुखी रहेको बताएका छन् । ‘यो हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि छु,’ सान्तोसले भने। उनले हारको कारण रोनाल्डोले पाएको अवसर सदुपयोग नहुनु र भाग्य आफ्नो पक्षमा नहुनु हारको कारण रहेको बताए ।

‘खेलाडीहरु निकै दुखित छन् । नतिजाले गर्दा निराश छन् । म सम्पूर्ण पोर्चुगल समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु । र यो पनि भन्न चाहन्छु कि हामी वहाँहरुभन्दा निराश छौं । हाम्रो टोली निकै राम्रो थियो । उत्कृष्ट खेलाडीको सम्मिश्रणले बनेको टोलीबाट पक्कै बढी अपेक्षा थियो । तर आज यो हारले निकै दुख लागेको छ ।’

‘हामीलाई थाहा थियो खेल कठिन हुनेछ । तर हामीले फिनिस गर्न सकेनौं । हामीले खेलको सुरुवातमा आवश्यकताभन्दा बढी बल चलाएर सफल हुन सकेनौं । हामीले मोरक्कोको डिफेन्सलाई पनि बधाई दिनुपर्छ, उनीहरुले आफ्नो रणनीति पूर्ण प्रयोग गर्न सके ।’