काठमाडौं । साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ पुगेको छ।
आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ।