• मंसिर १२ २०८१, बुधबार

भिनिसियसको पत्रकार सम्मेलनमा जब बिरालो पस्यो….

मंसिर २२ २०७९, बिहीबार

एजेन्सी । कतारमा जारी विश्वकपमा नयाँ तथा अनौठो घटनाले पनि पाठकहरूलाई मनोरञ्जन दिइरहेको छ।

यसै सिलसिलामा क्रोएसियाविरूद्ध क्वाटर फाइनलभन्दा अगाडि ब्राजिलका प्रभावशाली खेलाडी भिनिसियस जुनियरको पत्रकार सम्मेलनमा एउटा बिरालो प्रवेश गरेको थियो।

रियल म्याड्रिडका यी स्ट्राइकरले मिडियाको प्रश्नको उत्तर दिइरहेको बेला बिरालो फुत्रुक्क उफ्रिएर भिनिसियस बसेको कुर्सीको अगाडिको टेबलमा बसेको थियो।

बिरालोलाई पत्रकार सम्मेलनबाट निकाल्न ब्राजिली टिमका प्रेस अधिकारीले केहिबेर मिहिनेत गरेका थिए। उनले हातले समातेर बिरालोलाई बाहिर निकालेका थिए।

यो घटनालाई नजिकबाट नियालिरहेका भिनिसियस मुस्कुराइरहेका थिए। पत्रकार सम्मेलनमा बिरालोको घटनापछि भिनिसियसलाई खेलाडीको रूपमा रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सिलोटी र ब्राजिल प्रशिक्षक टिटेको प्रभाव बारे प्रश्न सोधिएको थियो।

यतिबेला भिनिसियसले खेल भन्दाअघि एन्सेलोटीसँग आफ्नो कुरा भएको बताउँदै भने, ‘उहाँले मलाई धेरै आत्मविश्वास दिनुभयो। उहाँ मेरोलाई बुबा समान हो।’

ब्राजिलले प्रिक्वाटर फाइनलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउदा भिनिसियसले महत्वपूर्ण गोल गरेका थिए।