• असार ३ २०८२, मंगलवार

आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

मंसिर २१ २०७९, बुधबार

काठमाडौँ नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८९ पैसा र बिक्री दर १३२ रूपैयाँ ४९ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ४४ पैसा र बिक्री दर १३९ रूपैयाँ ०७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६२ पैसा र बिक्री दर १६१ रूपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।