एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर केलियन एम्बाप्पेले आफू विश्वकपको ट्रफी उचाल्न कतार आएको बताएका छन् ।
पोल्याण्डमाथि ३–१ को सानदार जित निकालेपछिको पोस्टम्याच कन्फ्रेन्समा बोल्दै एम्बाप्पेले उक्त कुरा बताएका हुन् ।
५ गोल र २ असिस्टसहित गोल्डेन बुट दाबेदारको अग्रस्थानमा रहेका एम्बाप्पेले भने, ‘म गोल्डेन बुट वा बलका लागि भन्दा पनि फ्रान्सलाई विश्वकप जिताउन यहाँ आएको हुँ । मेरो पहिलो उदेश्य विश्वकप उपाधि जित्नु हो । यदि, बुट र बल जिते अवश्य खुसी भने हुनेछु ।’
एम्बाप्पेलाई गोल्डेन बुटको दौडमा अन्य खेलाडीले पच्छ्याइरहेका छन् । स्पेनका अल्भारो मोराटा, फ्रान्सकै ओलिभर जिरुड, अर्जेन्टिनाका लियोनल मेसी, ब्राजिलका रिचार्लिसन, इंग्ल्याण्डका मार्कस रास्फोर्ड र बुकायो साका, नेदरल्याण्ड्सका कोडी गोप्कोले एम्बाप्पेलाई पच्छ्याइरहेका छन् ।
एम्बाप्पेको टिम डिफेन्डिङ च्याम्पियन फ्रान्स अहिले पनि उस्तै लयमा छ । एम्बाप्पेको गतिलाई रोक्न विपक्षीलाई निकै हम्मेहम्मे पर्ने देखिन्छ ।
२३ वर्षको उमेरै विश्वकपमा ८ गोल गर्दै एम्बाप्पेले पेलेको ७ गोलको कीर्तिमानलाई पछि पारेका छन् । कम उमेरमा ८ गोल गर्दै एम्बाप्पेले इटालीका युसेबियो डी फ्रान्सेसको कीर्तिमान पनि भंग गरेका छन् । एम्बाप्पेले २३ वर्ष ३४९ मा ८ गोल गर्दा युसेबियोले भने २४ वर्ष १८२ दिनमा उक्त रेकर्ड बनाएका थिए । पछि पोल्याण्डलाई नै अर्को गोल थपेपछि उनले दुईवटा विश्वकपमा ९ गोल गरिसकेका छन् ।