• मंसिर १२ २०८१, बुधबार

‘तिमी बिना’ पछि ‘तिमी भन्छौ’ बोलको गीत लिएर आए सुगम थापामगर

मंसिर १९ २०७९, सोमबार

काठमाडौं । गायक तथा संगीतकार सुगम थापामगरको आवाजमा ९ वर्ष अगाडि नेपाली दर्शक श्रोताको अपार माया पाएको गीत ‘तिमी बिना’ को दोस्रो भाग ‘तिमी भन्छौ’ बोलको पपगीत सार्वजनिक भएको छ ।

स्याङ्जामा जन्मिएका गायक थापा यतिबेला बेलायतलाई कर्मथलो बनाउँदै आएका छन् । विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतको मायामोहबाट नटाढिएका गायक थापाकै उत्कृष्ट शब्द तथा सुमधर संगीतमा सजिएको गीत ‘तिमी भन्छौ’ ले युवा पुस्ताको माया र प्रेमलाई प्रतिनिधित्व गरेको छ ।

उक्त गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन् । निकेश खड्काको निर्देशनमा मोडल कुन्साङ बम्जन, हाँस्यकलाकार खबपु चन्ञ्चल मगर र मेलिना चाम्लिङ राईको अभिनय रहेको छ । राजेन्द्र हुमागाईंको छायाङ्कन र विकास धमलाको सम्पादन रहेको सो गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको हो ।

भौतिक दुरीको कारण प्रेममा भएको असमझदारीलाई सो गीतको भिडियोमा चित्रण गरिएको छ । उक्त गीत गायक थापाकै अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक भएको छ ।